प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभाकारी रुपमा संचालन गर्न निर्देशन

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

सामुदायिक साझेदारी कार्यक्रम तथा लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभाकारी  रुपमा संचालन गरी दुर दराजमा रहेका नागरीकहरुमा सचेतना बृद्धी हुने गरी कार्यक्रम संचालन गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिनु भएको छ । आज जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणको क्रममा कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वहाँले उक्त कुरा बताउनु भएको हो  । निर्देशनको क्रममा वहाँले आम नागरिकहरुको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, समय समयमा छोटो तथा लामो गस्ती निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मिलाउन, प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो । 

सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०२-०४

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय संजोग लिम्वुलाई ६६० मिलिग्राम व्राउनसुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का १९ बर्षीय मिङ्सो लिम्वुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २६ बर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई ४९० मिलिग्रा ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैया सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २१ जना पक्राउ
२०८२-०२-०३

झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ०२ गते मोरङ रतुवामाइ नगरपालिका-२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय  सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई-८ का ३३ वर्षीय नबिन नेपाली को साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम-९ का २५ वर्षीय  मनिस राई र  ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे-२ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य बि.कको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी-७ क ३८ वर्षीय जोनी राईको साथबाट  २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ-६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी-२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय  मुकुन्द दुलालको  साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका- २ का २७ वर्षीय  समिर न्यौपाने र २७ वर्षीय  निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका-४ का ३०वर्षीय  इन्द्र लिम्बु र ३६ वर्षीय  सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक-५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । भने सोहीदिन उर्लाबारी नगरपालिका-४ स्थितमा  इलाका प्रहरी कार्यालय उर्लाबारीले सोहि स्थान कि ४९ वर्षीया लिला कुमारी थारु र उनको छोरा २५ वर्षीय  रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर  २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्न सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापा बिर्तामोड-५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचिनगर -१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।            

लागूऔषध गाँजा सहित ५ जना पक्राउ
२०८२-०२-०२

सुनसरी र धनकुटाको बिभिन्न स्थानबाट लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ १ गते सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-७ का ५० बर्षीय मिकाईल मियालाई ५ किलो गाँजा सहित नियन्त्रंणमा लिएको छ । यसै गरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका-९ का ५१ बर्षीय राजु राईलाई २८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका-६ स्थितमा चेकजाँचको क्रममा शहिदभुमी गाउँपालिका-२ का २२ बर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजा  सहित र मोरङ सुन्दर हरैचा-१० का २६ बर्षीय जयराम सरदार, १८ बर्षीय सुदिप सरदारलाई ३ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८२-०२-०२

मोरङको उर्लाबारी नगरपालिका-३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका-९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।