कन्टेनरको ठक्करबाट महिलाको मृत्यु
२०८०-१२-२३
- A
- A-
- A+
मोरङको विराटनगर महा-नगरपालिका-९ स्थित कोशी लोकमार्गमा कन्टेनरको
ठक्करबाट महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे HR 38 Y 5490 नम्बरको कन्टेनर गाडीले को. १५ प ७६२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा
घाईते भएकि मोटरसाईकल पछाडि सवार ३५ बर्षिया अमिरका कुमारी कुर्मीको थप उपचारको
क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घाईते मोटरसाईकल चालक विराटनगर-१४
का २१ बर्षिय अनुराग रायको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
ठक्कर दिने सवारी साधन र चालक भारत बिहार मोतिहारीका
सुबोध पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप
अनुसन्धान गरिरहेको छ ।