प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रयाक्टरको ठक्करबाट साईकल यात्रीको मृत्यु

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ बर्षीया राधा देवी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-२७

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२६

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई स्थलगत अवलोकन भ्रमण
२०८१-०३-२६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित “लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमका प्रशिक्षर्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको स्थलगत अवलोकन भ्रमण गराईएको छ । असार २३ गतेबाट संचालन भएको उक्त अनुशिक्षण तालिमका प्रशिक्षर्थीहरुलाई प्रहरी निरीक्षक तोरण परियारको  टोलीले  अवलोकन भ्रमण गराएको हो । अवलोकन भ्रमणमा प्रशिक्षार्थीहरुलाई लागुऔषध सम्बन्धि भौतिक सबुद प्रमाणहरूको वैज्ञानिक परिक्षण, विश्लेषण, तुलना एवम् पहिचानको बारेमा जानकारी गराईएको थियो ।

पहिरोले पुरिएर बालिकाको मृत्यु
२०८१-०३-२६

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ बर्षीया छोरी रुपकला मगर रहेकि छन ।  हिजो बिहान परेको अबिरल बर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी उनको ३० बर्षीया श्रीमती हिर कुमारी मगर र ८ बर्षीया छोरी रुपाकला मगर घाईते भएका थिए । पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो । हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।