प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाईते

२०७८-१०-१६

  • A
  • A-
  • A+
Share

झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

हिजो दिउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे १ त ७५४९ नम्बरको ट्याक्टर बालकृष्ण दुलाले आफैले स्टार्ट गरी अगाडी बढाउने क्रममा ट्याक्टर मुनि खेलि रहेकी उनकै २ बर्षीया छोरी आरोषि दुलाललाई किचि गम्भिर घाईते भएकी थिईन । घाईते बालिकाकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो दिउसो पौने १ बजे मृत्यु भएको थियो । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको छ ।

यसै गरी हिजो बेलुका ८ बजे उदयपुर त्रियुगा नगरपालिका १ रुपनी स्थितमा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी उदुर्घटना हुँदा सवार ३ जना घाईते भएका थिए । घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षीय नितेष चौधरी बेलुका पौने ९ बजे जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको थियो । घाईते मृतककै बुबा ४० बर्षीय सत्य नारायण चौधरी र उनकै अर्का छोरा १२ बर्षीय निमिष चौधरीको सोही अस्पतालमानै उपचार भईरहेको छ । उनिहरुको खेत जोतेर घर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने ७ जना पक्राउ
२०८२-०८-२२

सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई  असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन । गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा संलग्न रहेका उनिहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

६७८ किलोग्राम गाँजा बोकेको ट्रक सहित २ जना पक्राउ
२०८२-०८-२२

मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट ६७८ किलोग्राम लागू औषध गाँजा बोकेको ट्रक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।  गँजा बरामद भए संगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका- १ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०८-२२

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक-५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान-१३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ । सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका-६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका- १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०८२-०८-२२

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २२ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले प्रदेशको राजधानी समेत रहेको मोरङ जिल्लामा प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्रे नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी जिल्लाका बिभिन्न एरिया इलाकाहरुमा लामो तथा छोटो दुरिको गस्ति परिचालन गरी नागरिकहरुको समस्या पिरमार्काको सुनवाई  गर्न तथा चेतनाको कमिबाट हुने घटना दुर्घटनालाई न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले मोरङ जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाको समेत उपस्थिति रहेको थियो ।

प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।