बिधिवतरुपमा मौलो पुजा सम्पन्न
२०७९-०६-१८
- A
- A-
- A+
१ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बडा दसैंको अवसरमा प्रदेश प्रहरी गण बिराटनगर रानी परिसरमा रहेको मौलोमा बिधिवतरुपमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नु भएको छ । शुभ साईतमा भएको पूजा अर्चना कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु तथा प्रहरी अधिकृतहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि नेपाल प्रहरीले परम्परागत रुपमा मौलो पूजा गर्दै आईरहेको छ ।