प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि तेस्रो समुहको डेमो प्रदर्शन ।

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा “विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धि अनुशिक्षण” ७ कार्य दिनको तालिम तेस्रो समूहको प्रशिक्षार्थीहरुद्वारा बिपद उद्दार सम्बन्धि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आज अपरान्ह कोशी प्रदेश प्रहरी तालिम केन्द्रको खेल मैदानमा भएको प्रदर्शनीमा प्रशिक्षार्थीहरुले प्राकृतिक स्रोत साधन तथा FIRE EXTINGUISHER, FIRE SHUTTLE, FIRE BALL को प्रयोग गरी आगोलागी नियन्त्रण, आगोमा परेर घाईते भएकाहरुको उद्दार, घटनास्थल सुरक्षा, आगोलागी नियन्त्रणमा प्रयोग हुने बिपद सामाग्रीको प्रयोग, ग्याँस सिलिण्डरमा भएको आगोलागी नियन्त्रण, शरिरमा आगो लाग्दा निभाउने तरिकाको अभ्यास तथा भिरबाट लडेर घाईते भएका तथा मृत्यु भएका ब्याक्तिको लाईन डोरीको प्रयोग गरी उद्दार अभ्यास प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले बिपदको अवस्थामा नागरीकले प्रहरी प्रति ठुलो आशा र भरोसा गरेको हुनाले प्राकृतिक तथा मानविय विपदको जोखिम न्युनिकरण, रोकथाम तथा सुरक्षा लगायत विविध विषयमा सहजिकरण गर्न प्रहरीको मुख्य भुमिका रहेको बताउदै प्रशिक्षार्थीहरुले  तालिममा सिकेका ज्ञानलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले कार्यान्वयन गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । डेमो प्रदर्शनीमा कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।

लागू औषधसहित १ जना पक्राउ
२०८३-०४-०५

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट प्रतिबन्धित औषधि ६० क्याप्सुल बरामद भएको छ । साउन ४ गते दिउसो धनकुटाको प्रहरी चौकी त्रिबेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ स्थितबाट भोजपुरको हतुवागढी गाउँपालिका–९ निवासी २३ वर्षीय हिलसन राईलाई प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।