प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खोलामा डुबि १ जनाको मृत्यु

२०७८-१२-०६

  • A
  • A-
  • A+
Share

सुनसरीको बर्जु गाँउपालिका- ६ स्थित थलाह खोलामा डुबि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का लक्ष्मण रिषीदेवका १३ बर्षीय छोरा निशान रिषीदेव रहेका छन् । हिजो दिउसो साढे १ बजे नुहाउने क्रममा मृत्यु भएका रिषीदेवको लाश पोष्टमार्टमको लागी कोशि अस्पताल बिराटनगर लगिएको थियो भने घटना सम्बन्धमा  थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।