करेन्ट लागेर १ कामदारको मृत्यु
२०८२-०१-२०
- A
- A-
- A+
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ स्थितमा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ । वैशाख १९ गते
बिहान ताप्लेजुङ मेरिङदेन-३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साईडप्लान्टमा काम गर्ने ईलामको माई नगरपालिका-१ बतासे का २४ वर्षीय खगेन्द्र राईले हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।