प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु, ३ जना घाईते

२०७८-१०-०९

  • A
  • A-
  • A+
Share

ओखलढुङगा सिद्धिचरण नगरपालिका ३  असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो ।

सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि  का ३० बर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ७ जना पक्राउ
२०८३-०७-२२

सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते सुनसरीकोइटहरी- ५ कायुवराज भुजेल र पोष्ट कुमार विश्वकर्मालाई सोहि स्थानबाटकोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र वडा प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले३ ग्राम ६२० मिलिग्राम सहित र उदयपुरकोबेलका नगरपालिका- १ बाट अस्थायी प्रहरी पोष्ट आम्बासीलेसोहि स्थानकाप्रबिन बिश्वकार्मा, श्याम कुमार कार्की रक्षितिज कोईरालालाई१ ग्राम ०७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।सुनसरीकोदेवानगञ्ज गाउँपालिका- ३ बाट इलाका प्रहरी कार्यालयदेवानगञ्जले३१ किलो १०० ग्राम गाँजा सहित नित्यानन्द यादवलाई र जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-२ कामहादेव मेहतालाई४ किलो ८६४ ग्रामगाँजा सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२१

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ९ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २० गते मोरङबाट २ जना, झापाबाट १ जना, सुनसरीबाट १ जना, इलाम २ जना र ताप्लेजुङबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ बर्ष ९ दिन कैद सजाय र १ लाख ९९ हजार ५ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०७-२०

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ । कात्तिक १९ गते झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितमा लागू औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४३ वर्षिय बिनोद श्रेष्ठलाई ५ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-७ का २५ वर्षिय शंकर मंडल र दमक-२ का २५ वर्षिय अतित राना मगरलाई ३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ का २६ वर्षिय राम कुमार परियारलाई प्रतिबन्धित औषधि स्पास्मेड-१४० ट्याब्लेट र ट्रामाडोल-१४० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले इटहरी उप महानगरपालिका-२ का २४ वर्षिय निश्चल कटुवाल र इटहरी-९ का २१ वर्षीया अन्शु पोखरेल र इटहरी- ६ का २६ वर्षिय राहुल रायलाई ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी-५ का २६ वर्षिय नबिन कार्कीलाई ४८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी औरावनीले सुन्दरहरैचा गाउँपालिका-९ का २१ वर्षिय देवेन्द्र मगराती र देवानगंज गाउँपालिका-३ का २४ वर्षिय अजय कुमार शर्मालाइ १ ग्राम ४० मिलिग्राम गाँजा र ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-३ का २७ वर्षीय सुशान्त राउतलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ तिलतिले स्थितमा गाँजा फडानी गर्ने क्रममा सोही स्थानमा बेवारिसे अवस्थामा ८५ वटा बोरामा २ हजार ८ सय २० किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।      

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२०

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक १९ गते मोरङबाट ११ जना, झापाबाट २ जना, सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष ५ महिना १५ दिन कैद सजाय र १ लाख ११ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।