लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-८ का ३२ बर्षीय अर्जुन बिश्वकर्माको साथबाट ब्राउन सुगर १ ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो भने वडा प्रहरी कार्यलय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-९ स्थितबाट धरान-१६ का उस्व राईको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक, फेनारगन, एभिल र डाईजेपाम सहित २३ एम्पुल बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।