प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक- सुदिप गिरीले नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सातवटै प्रदेशका प्रहरी प्रमुखहरुबिच भर्चुअल माध्यमद्धारा आज भएको एक बिशेष कार्यक्रमका बिच  प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक- सुदिप गिरीले नेपाल प्रहरीको बार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर पश्चात प्रदेश प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले योजना बद्ध गरिएका कामले मात्र राम्रो नतिजा दिने हुँदा बार्षिक कार्य योजनामा समाबेश गरिएका बिबिध पक्षहरुलाई अध्ययन मनन गरी कार्य गर्न निर्देशन दिनु भयो । शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण आदी जस्ता बार्षिक कार्यसम्पादनको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।