प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८१-०४-३२

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले BR 38L9309 नम्बरको भारतीय मोटरसाईकल चालक २४ बर्षीय मिथलेस कुमार मण्डल, मोटरसाईकल पछाडी सवार रहेका २६ बर्षीय भस्कर कुमार शर्मा र २५ बर्षीय सौरव कुमार पासवानको साथबाट १० ग्राम ७०० मिलीग्राम ब्राउन सुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो । 


त्यसै गरी प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-२ का ३८ बर्षीय जगत धिमाल र कमल गाउँपालिका-३ का ३५ बर्षीय कमल गुरुङलाई  १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, गाँजा १०० ग्राम र नगद १२ हजार ६०० रुपैँया सहित सोही स्थानबाट पक्राउ गरेको हो ।


यसका साथै प्रहरी चौकी लेगुवा धनकुटाबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका- २ का ३० बर्षीय संगम राईलाई लागुऔषध गाँजा ४६० ग्राम, प्रतिबन्धित औषधी tramadol २६ क्यापसुल र coliban २८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले BR11T1600 नम्बरको बेवारिसे अवस्थामा रहेको गाडी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट २ सय २० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो । बरामद भएका लागुऔषध र पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।