प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबेर १ जनाको मृत्यु

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ । पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने ७ जना पक्राउ
२०८२-०८-२२

सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई  असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन । गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा संलग्न रहेका उनिहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०८-२२

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक-५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान-१३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ । सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका-६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका- १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।