प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशमा ट्राफिक जरिवाना रकम बैंक मार्फत भुक्तानी गर्ने तथा TVRS संचालन

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलो पटक  ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न TVRS (Traffic Violation Record System) को सुरुवात गरेको छ । पहिलो चरणमा  यो प्रणाली श्रावण १ गतेबाट मोरङको बिराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका भित्रका क्षेत्रहरुमा लागु गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम नियमानुसार नगदी रसिद मार्फत गरिदै आएको जरिवानालाई प्रबिधि मैत्री एवं पारदर्शी बनाई व्यवस्थित गर्न यो प्रणाली मार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले नियमानुसार जारी गर्ने २४ घण्टे पुर्जी दिईने र  नजिकको राष्ट्रिय बाणिज्य बैंक मार्फत राजश्व दाखिला गरे पश्चात मात्र ट्राफिक कारवाहीका लागि खिचिएका कागजपत्र फिर्ता दिईने छ ।

TVRS (Traffic Violation Record System) मार्फत सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गरिने भएको हुँदा ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरुको नियमानुसार सवारी चालक अनुमति पत्र निलम्बन हुने कानुनी व्यवस्था रहेको समेत जानकारी गराईन्छ । साथै प्रदेशका अन्य स्थानमा समेत TVRSOnline Digital Payment मार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय इटहरीबाट थप पहल भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।