प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ४ जना पक्राउ

२०८०-०९-१७

  • A
  • A-
  • A+
Share

 सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँज ७ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका- १ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, Nitravet, Avil, फेनारगन र Noophin गरी जम्मा ४ सय ७२ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी- ८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला पारी पक्राउ गरेको हो भने प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका- १ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।

लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ
२०८२-०७-२६

मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका-१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका-१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर-११ का प्रशान्त राईलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान-१९ का समिर बिश्वकर्मा र अर्जुन बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका-  का सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधी ६८ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०७-२६

कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालयको पत्र आदेशले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट जिल्ला प्रहरी कार्यालय सुनसरी काज सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्कालाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत तथा व्यवसायीक जीवनको उत्तरोत्तर प्रगतीको कामना सहित धन्यवाद व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायात प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, जस्तो सुकै विषम परिस्थितिमा पनि अग्रपंक्तीमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन निर्देशन
२०८२-०७-२५

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । कार्तिक २५ गते भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि अग्रपंक्तीमा रही उच्च मनोवलका साथ नागरिकको सेवा र सुरक्षामा खटिन निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी, आदेश निर्देशनको अक्षरस पालना गरी वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पुर्‍याउन तथा ग्रामिण बस्तीहरुमा लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी समुदायसंग सहकार्य गर्दै भेटघाट र सूचनाको आदान प्रदानलाई अझ प्रभावकारी बनाउन, समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सचेतनामुलक कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ । वहाँले सिमित स्रोत साधनका बावजुद पनि ओखलढुंगा जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पुर्‍याउदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने  कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गर्नु भएको थियो ।  निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति रहेको थियो ।