प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

२०८०-१०-०८

  • A
  • A-
  • A+
Share

इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई २०८० साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित भएका छन ।     
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र  को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४ का ३३ बर्षिय भुवन तामाङलाई पक्राउ गरेको साथै ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ का योगेन्द्र लिम्बुलाई पक्राउ गर्न सफल भएको र प्रहरी जवान प्रकाश राईले कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको फैसलाले जनही ३ वर्ष कैद सजाय भई विगत ३० वर्ष देखि फरार रही ललितपुर महानगरपालिका-२५ स्थितमा डेरा गरी बस्दै आएका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ बर्षिय पूर्ण हाङ राई समेत ६ जना प्रतिवादीहरूलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत भोजपुरमा बुझाउन सफल भएकोले उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनिहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।