प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महत्वपुर्ण जिम्मेवारी सुम्पिएको नेपाल प्रहरीलाई न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने – मुख्यमन्त्री हिक्मत कुमार कार्की

२०८०-०२-०७

  • A
  • A-
  • A+
Share

नेपाल सरकारले, नेपाल प्रहरीलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ । वडा प्रहरी कार्यालय बिराटनगरको नव-निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो ।

यसका साथै वाहाँले आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने लगायत प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु-शासनमा  प्रभावकारी भुमिकाको लागी प्रहरीकालाई चाहिने भौतिक पुर्वाधार देखी विभिन्न प्रकारका सेवा सुबिधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने र हाल सालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत बताउनु भयो । वडा प्रहरी कार्यालय बिराटनगरको हाता भित्र आज बिहान भएको उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।  


कार्यक्रममा धन्यवाद मन्तब्य राख्नु हुँदै कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भौतिक पुर्वाधार बिना प्रहरीले गर्ने दैनिक कामकाजमा सेवा र सहजताको बातावरणको सृजना नहुँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पुग्ने भएकोले निर्माण सम्पन्न भएको नवनिर्मित भवनका कारण अबका दिनहरुमा सर्वसाधारणले प्रहरीबाट लिने सेवामा सहजता आउनुका साथै प्रहरी कार्य क्षमतामा समेत अभिबृद्धी हुने बिश्वास ब्यक्त गर्नुभयो । यसका साथै वाँहाले नव निर्मित संरचनालाई समुचित ढङगबाट त्यसको ब्यवस्थापन गरी नयाँ भवनको मर्मत संभार तथा रेखदेख गर्नु पर्ने कुरा बताउँदै  प्रहरी सेवा लिन कार्यालयमा आउने हरेक बर्गका नागरीकहरुलाई सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्दै संरक्षक बनेर कार्य गर्न निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने शहरी विकास कार्यालयका ईन्जिनियर रुद्र नारायण मिश्रले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

चार तला र ३४ कोठा भएको कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका माननिय न्यायधीस दुर्गा प्रसाद ढुङ्गेल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पराजुली, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु, स्थानीय नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।