प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

२०७८-११-१०

  • A
  • A-
  • A+
Share

इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका-७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिई घटना स्थलमानै मृत्यु भएको हो भने गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सि. अस्पताल बर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।