प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

२०७९-०५-२०

  • A
  • A-
  • A+
Share

झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।
हिजो बिहान ११ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ सय नेपाली रुपैया र डिजिटल मिनि तराजु २ थान बरामद गरेको हो । श्रोत नखुलेको रकम र समान बरामद भए संगै राजबंशी र संकित अवस्थामा सोही घरमा रहेका स्थानिय ४३ बर्षीय मोहमद मोसाद आलम समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

सम्बन्धित समाचार
अवैध सामान बरामद
२०८१-०१-२५

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा  ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो । त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८१-०१-२५

इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ बर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नंम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्राम सहित स्थानीय ३१ बर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०१-२४

मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।   

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण
२०८१-०१-२३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण तथा अवलोकन गर्नु भएको थियो । भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुहुँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । यसका साथै वँहाले सामाजिक संजालको सहि सदुपयोग गर्न, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै  खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिनु भयो । सम्बोधनकै क्रममा वँहाले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको श्री बृद्धीमा लागी पर्नका साथै ऐन नियमहरुको अध्ययन गर्ने बानी बसाल्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको समापन
२०८१-०१-२१

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको तत्वावधानमा गत फागुन ११ गते देखि संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औं समूहको तालिम समापन भएको छ । कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको थियो भने तालिम समापन भएर जाने प्रहरी कर्मचारीहरुलाई वाँहाले प्रमाणपत्र समेत प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि सापकोटाले नेपाल प्रहरी संगठनको प्रभावकारी कार्य सम्पादनमा सुचना प्रवाह गरी संगठनको उदेश्य परिपुर्ति गर्न संगठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी संचार लाई  समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी संचार परिचालनलाई सुदृढ, सक्षम  तथा जवाफदेही बनाउन प्रहरी संचार सेवा तर्फ उन्नत तालिमहरु संचालन गरिदै आएको बताउनु भयो । यसका साथै वँहाले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरस पालना गरी जस्तो सुकै कठिन परिस्थितिमा पनि उच्च मनोवलका साथ सफलतापुर्वक सुचना प्रवाह गर्न निर्देशन समेत दिनु भयो । समापन कार्यक्रममा सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-२०

झापा र इलाम जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो इलामको रोङ गाउँपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा झापाबाट ईलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको भेन आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर तल झरी दुर्घटना हुँदा भेन चालक देउमाइ नगरपालिका- ६ का २५ बर्षीय दिपेश राईको घटनास्थलमै मृत्यु भएको हो भने झापाको बाह्रदशी गाउँपालिका- ६ रुपचनबारी स्थितमा प्र १-०१-०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ४५ बर्षीय बन मुर्मुलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक ३४ बर्षीय बसन्त राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको  र घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।