प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ

२०८१-०६-१६

  • A
  • A-
  • A+
Share

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ

विराटनगर, असोज १६ गते ।

मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले  Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी -१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।