प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगो निभाउने क्रममा १ जना मानिसको मत्यु

२०७८-०९-२२

  • A
  • A-
  • A+
Share

झापा मेचीनगर नगरपालिका ७ पिपल चौक स्थित केशब पाठकको घरमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ८ का ४५ बर्षीय सारद राजवंशी रहेका छन् ।

हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशी लगाएत १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको थियो भने अन्य घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छ । आगो के कारणले लागेको भन्ने खुल्न नआएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८१-०१-०४

मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- १० स्थितमा ज. १० प. ४०२८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्री स्थानीय ४१ बर्षीय बद्री बिक्रम श्रेष्ठलाई ठक्कर दिंदा घाईते भएका उनलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै बिराटनगर- १४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउदै गरेको को. २६ प ९८५१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको को. २ त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिई दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न दुबै घटनाका चालक तथा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।     

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ
२०८१-०१-०३

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८१-०१-०३

सुनसरी र झापाको दुई स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ क स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर-१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्‍टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-५ का  ३२ बर्षिय हिक्मत धिमाल,  २७ बर्षिय सुदिप धिमाल, २५ बर्षिय न्युसन राई र १८ बर्षिय पिजल धिमाललाई २ ग्राम ३०० मिलि ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ । ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।