प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण

२०८१-१२-०९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण भ्रमण गर्नु भएको छ । चैत्र ९ गते बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशनको क्रममा प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफुलाई प्राप्त जिम्मेवारी ईमान्दार र अनुशासित तवरबाट निर्वाह गर्न र आफ्नो कर्तव्य सम्झेर देश र जन्ताको सेवामा  सदैव तल्लिन रहनु पर्ने बताउनु भएको छ ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी प्रहरी सेवा प्रदान गर्न, दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

साथै वहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्वु जिल्लामा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई नेपाल सुरक्षाको दृष्टिकोणले सुरक्षित गन्तव्यस्थल रहेको बिश्वास दिलाई वहाँहरुको आवागमनलाई सहज बनाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भुमिका निर्वाह गर्नु पर्ने वताउनु हुँदै  सोलुखुम्बु जस्तो दुर दराज पहाडी र हिमाली जिल्लामा सिमित स्रोत साधनको वावजुद निरन्तररुपमा नागरिकहरुमा बिश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आईरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सेवाको लागि धन्यवाद व्यक्त गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे तथा लामो समय सम्म कार्यरत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल  ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०

विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम,  ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।

४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।