प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ३ जना पक्राउ

२०७८-१०-१६

  • A
  • A-
  • A+
Share

सुनसरीको दुहबी नगरपालिका ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ का २० बर्षीय बिमल के.सी. रहेका छन ।

हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुलाई ४ पत्ता  Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०२-०४

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय संजोग लिम्वुलाई ६६० मिलिग्राम व्राउनसुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का १९ बर्षीय मिङ्सो लिम्वुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २६ बर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई ४९० मिलिग्रा ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैया सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २१ जना पक्राउ
२०८२-०२-०३

झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ०२ गते मोरङ रतुवामाइ नगरपालिका-२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय  सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई-८ का ३३ वर्षीय नबिन नेपाली को साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम-९ का २५ वर्षीय  मनिस राई र  ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे-२ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य बि.कको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी-७ क ३८ वर्षीय जोनी राईको साथबाट  २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ-६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी-२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय  मुकुन्द दुलालको  साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका- २ का २७ वर्षीय  समिर न्यौपाने र २७ वर्षीय  निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका-४ का ३०वर्षीय  इन्द्र लिम्बु र ३६ वर्षीय  सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक-५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । भने सोहीदिन उर्लाबारी नगरपालिका-४ स्थितमा  इलाका प्रहरी कार्यालय उर्लाबारीले सोहि स्थान कि ४९ वर्षीया लिला कुमारी थारु र उनको छोरा २५ वर्षीय  रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर  २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्न सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापा बिर्तामोड-५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचिनगर -१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।            

लागूऔषध गाँजा सहित ५ जना पक्राउ
२०८२-०२-०२

सुनसरी र धनकुटाको बिभिन्न स्थानबाट लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ १ गते सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-७ का ५० बर्षीय मिकाईल मियालाई ५ किलो गाँजा सहित नियन्त्रंणमा लिएको छ । यसै गरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका-९ का ५१ बर्षीय राजु राईलाई २८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका-६ स्थितमा चेकजाँचको क्रममा शहिदभुमी गाउँपालिका-२ का २२ बर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजा  सहित र मोरङ सुन्दर हरैचा-१० का २६ बर्षीय जयराम सरदार, १८ बर्षीय सुदिप सरदारलाई ३ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८२-०२-०२

मोरङको उर्लाबारी नगरपालिका-३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका-९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।