प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न १ जना पक्राउ

२०७८-१०-११

  • A
  • A-
  • A+
Share

मोरङको कटहरी गाउँपालिका-३ का २८ बर्षीय झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका ३८ बर्षीय शेखर राजवंशी पक्राउ परेका छन । माघ ८ गते राती साढे ९ बजे कटहरी-३ स्थित रिङरोडको नहरमा आपसी झै- झगडा हुदा शेखर राजवंशीको कुटाईबाट अशोक ऋषिदेवको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका प्रतिवादी राजबंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ ९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०९-२९

प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ सुनसरी, पुस २९ गते सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चकजाँचको क्राममा धरान उप-महानगरपालिका-५ का २७ वर्षिय विकाश भुजेललाई प्रतिबन्धित औषधी ७१० क्याप्सुल सहित र इलाका प्रहरी कार्यालय रामधुनीले कोशी गाउँपालिका-६ का उदय मुखिया र  गणेश कुमार मुखियालाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइ रहेको छ ।  

लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०९-२८

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका-२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर-७ का बिमल मेचे, मेचीनगर-११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर-८ का कविस मेचे, बुद्धशान्ती-४ का  कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती-३ का सन्दिप सराईली र बुद्धशान्ती-१० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ । सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान-११ का विकाश कार्की र धरान-१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ धरान, पुस २७ गते  इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई   पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ विराटनगर, पुस २७ गते झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ
२०८२-०९-२७

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ विराटनगर, पुस २७ गते मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षिय राजकुमार साह र  २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।