प्रहरी कार्यालय
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ९ जनालाई पक्राउ गरिएको छ । साउन २९ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटी सफारीलाई शंका लागी चेकजाँच गर्दा बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र अस्थायी प्रहरी चौकी बलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका २२ वर्षीय प्रशान्त मगरलाई ३९० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुरज लिम्बूलाई १०० ग्राम गाँजासहित र इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय निमेष घिमिरेलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१० का ४१ वर्षीय मोहन गुरुङ, ४९ वर्षीया कुमारी राई र इटहरी-४ का २३ वर्षीय अर्जुन काफ्लेलाई ५ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर तथा नगद १८ हजार ५० रुपैयाँसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-८ का २८ वर्षीय मनोज पाण्डे र धरान-१५ का २२ वर्षीय पवन सापकोटालाई ट्रामाडोल ८७० क्याप्सुल, स्पास्पेन ८६५ क्याप्सुल तथा २५० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा संचालित ५ कार्य दिन आवधिको “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा साउन २९ गते समापन भएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख आतिथि खनालले संसदीय बैठकलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन मर्यादापालकको भूमिका महत्वपूर्ण हुने हुँदा बैठकमा सुरक्षा व्यवस्थापन, प्रवेश नियन्त्रण तथा आकस्मिक अवस्थामा प्रभावकारी रूपमा परिचालन भई परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले तालिमका क्रममा प्राप्त ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न, आफ्नो जिम्मेवारी निर्वाह गर्दा अनुशासन, संयमता, व्यावसायिकता र समन्वयलाई विशेष प्राथमिकता दिन जोड दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो ।तालिम समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक गजेन्द्र रायाले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत साउन २५ गतेबाट संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित २ जनालाई पक्राउ गरिएको छ । साउन २८ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका-२ का २१ वर्षिय अजय रेग्मीलाई ३ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी उप-महानगरपालिका-१७ का २५ वर्षिय अस्रफ मियालाई २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।
झापा, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट साउन २७ गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षिय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका–१९ स्थितबाट वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१० का १७ वर्षिय ईमन तेम्बे र धरान–११ की ३३ वर्षिया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ स्थितबाट इटहरी उप-महानगरपालिका–२० का ३१ वर्षिय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान–८ का २८ वर्षिय बुद्ध लिम्बु र धरान–८ का २२ वर्षिय साइमन राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की, कोलिवान ५० पिस सहित र लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षिय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसकासाथै इलामको चुलाचुली गाउँपालिका–३ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले सोही स्थानका २९ वर्षिय अमर राई र २४ वर्षिय बिकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन २७ गते इलाका प्रहरी कार्यालय काकडभिट्टा झापा र इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षणको क्रममा उहाँले कार्यालय तथा शाखाहरुको अभिलेख व्यवस्थापन तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । त्यसैगरी काँकडभिट्टा प्रमुख अन्तर्राष्ट्रिय नाका भएकाले सीमा क्षेत्रमा हुन सक्ने अवैध घुसपैठ, लागूऔषध ओसार पसार, भन्सारछली लगायत अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि चेकजाँचकाई प्रभावकारी बनाउन, पुर्वी नकाबाट नेपाल भ्रमणको लागी आउनु हुने विदेशी नागरिकहरुसँग नम्र, शिष्ट र सभ्य व्यवहार गर्दै आगमनदेखि प्रस्थान बिन्दु सम्म सहजीकरण र आवश्यक सहयोग उपलव्ध गराउन निर्देशन दिनु भएको छ । यसै गरी निर्माणाधीन राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि पर्याप्त रिफ्लेक्टर स्टिकर तथा सडक चिन्ह राख्ने व्यवस्था मिलाउन र साइबर अपराध, लागुऔषध दुर्व्यसन विरुद्ध समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारीरुपमा सञ्चालन गर्न जोड दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खडका र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना समेतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले झापा जिल्लाका स्थानीय नागरिक, पूर्व प्रहरी कर्मचारी तथा नागरिक सेवा केन्द्रका प्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियाका क्रममा स्थानीय नागरिक तथा पूर्व प्रहरी कर्मचारीहरूले जिल्लाको शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राख्नुभएको थियो। सोहि अवसरमा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउँदै नागरिकका वास्तविक समस्या, गुनासा तथा अपेक्षाहरू बुझ्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोशी प्रदेश प्रहरीले शान्ति-सुरक्षा कायम गर्ने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने कार्यमा स्थानीयवासी र पूर्व प्रहरी कर्मचारीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो। भेटघाट तथा अन्तरक्रियाकार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खडका, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय झापा र बिपद ब्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण भ्रमण गर्नु भएको छ । साउन २७ गते निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु तथा बिपद उद्धारमा प्रयोग हुने सामग्रीहरुको निरीक्षण अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरु, मातहत इकाई प्रमुखहरु तथा सीमावर्ती इलाकामा खटिएका प्रहरी अधिकृतहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।• निर्देशनको क्रममा उहाँले प्रहरी कर्मचारीको बोली, बचन र व्यवहारबाट नेपाल प्रहरी संगठनको छवि प्रतिविम्बित हुने भएकाले सम्पूर्ण प्रहरी कर्मचारीहरूले नम्र, शिष्ट, सभ्य बोलिवचनका साथ सदैव जनसेवामा आफूलाई समाहित गर्न, • पेण्डिङ मुद्दा फर्छ्यौट, साइबर अपराध, अनलाइन ठगी, स्क्यामिङ, बेटिङ र हुण्डी लगायतका अपराध नियन्त्रण गर्न प्रभावकारी भुमिका निर्वाह गर्न,• झापा जिल्लामा खुल्ला सीमानाको कारण हुनसक्ने अपराधिक गतिविधि, अवैध चोरी–निकासी, पैठारी र लागूऔषधको ओसारपसार नियन्त्रणका लागि कडाइका साथ चेकजाँच तथा विशेष अपरेसन सञ्चालन गर्न ।• समुदायबीच वैमनस्य र द्वन्द्व निम्त्याउन खोज्ने व्यक्ति, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई कडा निगरानी राखी कानुनी कारबाही गर्न, • सवारी दुर्घटना न्यूनीकरण गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरु मार्फत आम नागरीकहरुसंग सद्भाव र भाइचारा अभिवृद्धि हुने गरी सचेतनामुलक कार्यक्रमहरुलाई प्रभावकारीरुपमा निरन्तरता दिन,• मनसुनजन्य विपद्का घटनाहरुको सम्भावना अझै रहन सक्ने भएकोले तत्काल उद्धार कार्यमा परिचालन हुन उद्धार सामाग्री सहित तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले झापा जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु, भारतीय काउन्टर पार्टस संगको समन्वय र सहकार्य लगायतका विषयहरुमा प्रदेश प्रहरी प्रमुख खनाललाई अवगत गराउनु भएको थियो ।
झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट साउन २६ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर–३ का २४ वर्षिय अभिषेक तामाङलाई लागू औषध ब्राउन सुगर ३ ग्राम ३९ मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २९ वर्षिय सन्तोष थापालाई ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु थान–१ सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१४ का ३५ वर्षिय शंकर तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसकासाथै सुनसरीको इटहरी उप-महानगरपालिका –८ गैसार स्थितमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी ३-का २९ वर्षिय सरोज काफ्ले र भारत घर भई इटहरी–८ गैसारमा डेरा गरी बस्ने ३२ वर्षिय अवदेश सिंहको कोठा खान तलासी गर्दा १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परे संगै दुबैजनालाई नियन्त्रणमा लिएको हो भने सोही टोली र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त प्रहरी टोलीले इटहरी–२ की २९ वर्षिया भावना गुरुङलाई १० ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१७ स्थितबाट पक्राउ गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कले को.१२ प.७९६४ नम्बरको स्कुटरमा रहेका इटहरी–१७ का १९ वर्षिय राम बाबु चौधरी र १८ वर्षिय आकेश कुमारलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१७ का २२ वर्षिय अभिषेक चौधरी २४ वर्षिय समिर कुमार र मोरङ उर्लाबारी नगरपालिका–६ घर भई हाल इटहरी–६ मा डेरा गरी बस्ने ३१ वर्षिय सुरज कार्कीलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङले धनकुटाको शहिदभूमी गाउँपालिका–२ कामीटोल स्थितबाट सोही स्थानका ३१ वर्षिय रविन्द्र राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल -१५० क्याप्सुल र स्पास्रेट- १५० क्याप्सुल सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साउन २६ गते आयोजित कार्यक्रममा उपस्थित पत्रकारहरुसंग कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । कार्यक्रममा उपस्थित पत्रकारहरुलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख खनालले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी र सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कोशी प्रदेश प्रहरी शुन्य सहनशिलता कायम गरी हरेक कार्यहरुमा पारदर्शिता र जवाफदेहिता बनाउदै नागरिक प्रति उत्तरदायी र विश्वासिलो भई काम गर्ने, अपराध रोकथाम तथा नियन्त्रण, लागूऔषध नियन्त्रण, सिमावर्ती अपराध र अन्तरदेशिय अपराध नियन्त्रण, साईवर तथा डिजिटल अपराध नियन्त्रण, महिला, बालबालिका तथा जेष्ट नागरिक मैत्री प्रहरी सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तथा संचार माध्यमसंग समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन रुपमा आवश्यक सुरक्षा रणनीति र कार्ययोजना अनुसार प्रहरी परिचालन गर्ने बताउनु भयो । यसका साथै उहाँले कार्यक्रममा स्थानिय पत्रकारहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले कोशी प्रदेशमा प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरीद्वारा गरिएका सफल अनुसन्धानको विवरण सहितको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना सहित सिनियर प्रहरी अधिकृतहरुको साथै बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय इटहरीसुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीलेलागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । साउन २६ गते बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-८ बाट भारत फारमेन्सगनघर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएका ३२ बर्षीय अवदेश सिंह रइटहरी- ३ का २९ बर्षीय सरोज काफ्लेलाई १० ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ
झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । साउन २५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को १२ प ३७३ मोटरसाईलकलाई संकालागी चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-४ का ३१ वर्षिय धिरज गुरुङ र पछाडी सवार झापा गाउँपालिका-२ का २६ वर्षिय भुपेन्द्र सिंह राजवंशीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त्यसैगरी मोरङको रंगेली नगरपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह.६७७० नम्बरको ई-रिक्सालाई संकालागी चेकजाँच गर्दा सोही स्थानका ३० वर्षिय सुनिल कुमार मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।