प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ

२०८०-१०-१०

  • A
  • A-
  • A+
Share

उदयपुर र झापाबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थीत बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरिएको छ । यसै गरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका २ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।....................... ....................... .................................. ...................................... .....................संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-२७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाईसाइक्लोमाइन- ५ बोतल, ३ थान मोटरसाईकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो- ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका-८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध ESKUF-DX  ५ बोतल सहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र  पथरीशनिश्चरे -८ का नर बहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार  र मे.५ प ४९५९ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड-५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।

नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको अवलोकन भ्रमण
२०८३-०३-२५

नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुले अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ । असार २५ गते अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालयमा आउनु भएका नेपाली सैनिक वार कलेज नगरकोटमा संचालन भईरहेको सि.सं. १४ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी  महासेनानीहरुको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरीको प्रशासनिक गतिविधि, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा, प्रहरी कार्य एवं ट्राफिक व्यवस्थापन, विद्यमान सुरक्षा चुनौती, विपद् व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी तथा सुरक्षा निकायहरूबीचको समन्वय, सहकार्य र असल अभ्यास  सहित बिविध बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका क्रममा सहभागी महासेनानीहरूहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सम्वोधन गर्नुका साथै वर्तमान सुरक्षा परिवेशमा नेपाल प्रहरी र नेपाली सेनाबीचको समन्वय, आपसी सहकार्य तथा सूचना आदान–प्रदानले राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नु भयो । कार्यक्रममा नेपाली सेनाका सहायक रथी बालकृष्ण कार्की, सहायक रथी कमल बानियाँ, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित प्रहरी अधिकृतहरू उपस्थिति रहेको थियो ।

नोवेल मेडिकल कलेजद्वारा प्रहरी कर्मचारी तथा आश्रित परिवारको उपचार सेवामा विशेष शुल्क छुट दिने सम्झौता
२०८३-०३-२४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर वीच  प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी तथा  निजहरूका आश्रित परिवारका  साथै अमर प्रहरीका आश्रित परिवारहरुलाई ‍उपचार सेवामा विशेष शुल्क छुट उपलव्ध गराउने सम्झौता भएको छ । असार २४ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अशोक कोईराला विच अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्राध्यापक डाक्टर अशोक कोईरालाले नागरिकको सेवामा अहोरात्र अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल सदैव प्रतिबद्ध रहेको बताउदै प्रहरीसंगको सहकार्यलाई अझ सुदृढ बनाई प्रहरी तथा प्रहरीका परिवारजनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रहरी कर्मचारी तथा आश्रित परिवारहरुलाई उपचारमा छुट सुविधाको उपयोग गरी स्वास्थ्य सेवा लिन अनुरोध समेत गर्नु भयो  । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नोवेल मेडिकल कलेजले उपलब्ध गराएको विशेष सहुलियत प्रति धन्यवाद व्यक्त गर्दै यस सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत यस्ता सहकार्यहरूलाई कोशी प्रदेश प्रहरीले निरन्तरता दिदै जाने बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा,  नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल, प्रहरी उपरीक्षकहरु सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०३-२४

कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय रविन लिम्बु र जिल्ला काभ्रे पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामाको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय बितेस तामाङको साथबाट १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।