प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखले किचेर १ जनाको मृत्यु १ घाईते

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

ईलामको माई नगरपालिका-१० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलि रुखले किचिदा एक जनाको मृत्यु भएका छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो १२ बजे फलेदोको रुख काट्ने क्रममा रुख ढलि किचिदा घाईते भएका महोत्तरी बर्दिबासका २८ बर्षीय हेमराज भुजेललाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र मोरङ पथरी शनिश्चरेका २२ बर्षीय बिज्ञान मगरको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।