प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा  ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो । त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

सम्बन्धित समाचार
खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८१-०२-०६

सुनसरीको इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका साढे ५ बजे इटहरी-७ स्थितमा इटहरी उप-म.न.पा. ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भागमा खुकुरी प्रहार गर्दा पंडितको घटना स्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत
२०८१-०२-०६

इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान शम्शेर बहादुर मगर बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेश भरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरुलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । पुरस्कृत भएका भुजेलले ईटहरीमा भएका हत्याका घटनाहरुका प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएको तथा मगरले तालिम केन्द्रमा बाधापार ईभेन्ट्स निर्माण लगायत प्रशिक्षण एवं पुर्वाधारको स्तरोन्नतिमा महत्वपुर्ण भुमिका निर्वाह गरेकोले उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै  बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित गरी पुरस्कृत गरिएको हो ।