चट्याङ लागेर १ जनाको मृत्यु
२०८०-१२-३०
- A
- A-
- A+
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका- ४ स्थितमा चट्याङ लागेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमन बहादुर तामाङ रहेका छन् । हिजो बेलुका साढे ५ बजे घरमा बसिरहेको अवस्थामा बर्षात संगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी लगिएकोमा स्वास्थ्य चौकीमा पुर्याउनासाथ उनको मृत्यु भएको हो ।