प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तमोर नदिले बगाएर दुई जना बेपत्ता

२०८०-०३-२१

  • A
  • A-
  • A+
Share

धनकुटाको चौबिसे नगरपालिका-५ मुर्कुते स्थित तमोर करिडोरमा सडक निर्माण कार्यमा खटिएको दुई जना कामदारलाई नदिले बगाउदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।