हत्यामा संलग्न ५ जना पक्राउ
२०७९-०७-१५
- A
- A-
- A+
झापाको दमक नगरपालिका-१० का १४ बर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका-६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी-७ का सपन खत्री रहेका छन । उनिहरुले पुर्व रिसिईवीको कारण श्रेष्ठलाई कार्तिक १३ गते आईतबार राती साढे १० बजे उर्लाबारी-७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाईते भएका श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । घटनामा संलग्न रहेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको चक्कु सहित नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।