प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर एक जनाको मृत्यु

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

झापाको भद्रपुर नगरपालिका ७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका साढे ५ बजे मृत्यु भएको थियो ।

झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको ईलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माधिन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो पुर्वान्ह साढे ४ बजे करेन्ट लागी घाईते भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।