प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८१-०२-२५

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका ४ कि ४८ बर्षीया गायत्रा गौतमले लागु औषध संचित गरी विक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागु औषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ९ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर र  ३ लाख ३६ हजार ४ सय रुपैया वरामद भए संगै लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहको टोलीले   मोरङको बेलबारी २ स्थित  बिश्वास उपचार क्लिनिकका संचालक  भारत कलकत्ताका २५ बर्षीय नयन बिश्वासलाई व्राउन सुगरको  कारोवार गर्दै गरेको अवस्थामा ५८० मिलिग्राम र स्थानि २४ बर्षीय दाबुद मोहमदलाई १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ  भने इलाका प्रहरी केराबारीबाट खटिएको प्रहरी टोलीले  केराबारी ८  का १९ बर्षीय सनम लिम्बु र ३९ बर्षीय यज्ञ बहादुर श्रेष्ठलाई निषेधित औषधी स्पासरेट ४५१ ट्याब्लेट, ट्रमाडोल ४५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ  । सोही दिन इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ का ३७ बर्षीय भुपाल न्यौपानेलाई ट्रामाडोल १२०० क्याप्सुल र  ब्राउन सुगर  १२ ग्राम सहित उनकै घरबाट  नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।