हत्यामा संग्लग्न पक्राउ
२०७९-०६-१६
- A
- A-
- A+
आफ्नै आमा र काकाको हत्या गरेको आरोपमा कमल गाउपालिका २ का २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राती साँढे १० बजेको समयमा माझीले आफ्नै आमा ५० बर्षीया चन्द्रकला माझी र आफ्नै काका ५० बर्षिय सन्त बहादुर माझीलाई फलामको धारिलो हतियार वामफोकले प्रहार गरी क्षतविक्षत बनाउदा निजहरुको घट्नास्थलमा नै मृत्य भएको सूचना पाए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले माझीलाई राती नै पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।