प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०६-१४

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानमा खटिएको सादा पोशाकको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत सुनसरीको २०७९/१२/२४ गतेको सजाय निर्धारण फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष कैद तोकिएका धरान-७ का ३६ बर्षीय पदम राईलाई आज गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राईलाई सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी  झुम्का कारागार पठाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।