प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दक्ष जनशक्ति उत्पादनमा बिशेष जोड- प्रहरी नायव महानिरीक्षक सुदिप गिरी

२०७९-०३-२७

  • A
  • A-
  • A+
Share

दक्ष जनशक्ति उत्पादानमा बिशेष जोड दिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बताउनु भएको छ । प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर र प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरीहरुलाई निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो ।

आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिन र  विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथै भिड नियन्त्रण तथा प्रहरी कारवाहीमा कति पनि बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रहन समेत वहाँले निर्देशन दिनु भयो ।

शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्रविधीमैत्री, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमका शुरुवाती दिन देखी नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो । यसका साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत वहाँले निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।