प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-२५
- A
- A-
- A+
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ८ बजे झापाको गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने मोरङको बिराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई NITRAVET- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।