सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-१२-१५
- A
- A-
- A+
मोरङ र धनकुटा जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश ०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी अचानक बेक्रफेल भई सडक साईडमा रोकी ग्यास लोड गर्दै गरेको बागमती प्रदेश ०१-००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा ग्यास लोड गर्दै गरेका ट्रक चालक सिराहा लाहान गोलबजार घर भई धनकुटा गुठिटार बस्ने ३० वर्षिय निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप चालक धादिङ सिद्धलेख-३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल पछाडि सवार ईटहरी- ८ की ४४ बर्षीया मन्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकल चालक २१ बर्षीय अमित कटुवालको सोहि अस्पतालमा उपचार भईरहेको भएको छ । घटनामा संलग्न ठक्कर दिने बस र बस चालक मोरङ पथरीशनिश्चरे- २ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको छ ।