प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको अनावरण

२०८१-०९-०२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश सरकारको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा विभिन्न भाषामा (लिम्वु, मैथिली, राई र थारु) निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य सामग्रीको कोशी प्रदेशका मा. मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा अनावरण भएको छ ।

पौष २ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कार्कीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुक साथै लिम्वु, मैथिली, राई र थारु भाषामा  निर्माण गरिएको लागुऔषध दुर्व्यवसन विरुद्ध सचेतनामुलक श्रव्यदृश्य समाग्रीको अनावरण समेत गर्नु भएको हो ।

श्रव्यदृश्य समाग्रीको अनावरण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले हालको वर्तमान अवस्थामा बढ्दै गईरहेको लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि कोशी प्रदेश प्रहरी कार्यालयले विभिन्न भाषामा निर्माण गरेको सचेतना मुलक श्रव्यदृष्य सामग्रीले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास दिलाउदै यस भिडियोलाई जनमानसमा पुर्‍याई प्रत्येक आमाहरुसंग समन्वय र सहकार्य गरी समाजमा लागुऔषध दुर्व्यसन नियन्त्रणको लागि सचेतना फैलाउन सम्पुर्णमा आग्रह गर्नु भएको छ । साथै वहाँले बढ्दो लागुऔषध दुर्व्यवसनलाई नियन्त्रण गर्न यो भिडियो कोषेढुंगा सावित हुने बताउँदै भिडियो निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालय लगायत सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

यसैगरी कार्यक्रममा बोल्नुहुदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले लागुऔषध दुर्ब्यसनीहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्ने उद्देश्यले बिभिन्न भाषाहरुमा तयार पारिएको लागुऔषध सम्बन्धी श्रब्यदृश्य सामाग्रीले अभिभावकहरु प्रती एक प्रकारको सकारात्मक छाप छोड्ने र आफ्नो छोरा छोरी लागुऔषध दुर्व्यसनीमा फसेको वा नफसेको लक्षणहरु थाहा पाउन सजिलो हुने हुँदा उक्त श्रब्यदृश्य सामाग्री निर्माण गरिएको बताउनु भयो । साथै वाँहाले उक्त भिडियो सबै तहमा पुर्याउन सामाजिक संजालको महत्वपुर्ण भुमिका रहने हुँदा उपस्थित संचारकर्मी र प्रहरी कर्मचारीहरुसंग सहयोगको लागि बिनम्र अनुरोध गर्नु हुदै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा. रेवती रमण भण्डारी, सामाजिक विकास मन्त्री मा. पाँचकर्ण राईले समेत आ-आफ्नो मन्तव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो ।

 उक्त कार्यक्रममा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मा. राज्य मन्त्री सिर्जना राई,  सामाजिक विकाश मन्त्रालयका नि.प्रदेश सचिव दामोदर फुयल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका नि. प्रदेश सचिव कमल थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले सहित प्रहरी उपरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८२-०१-०८

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशाख ०७ गते उदयपुरको बेलका नगरपालिका-३ स्थितमा लागु औषध कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोहि स्थानका ३० बर्षीय बद्री भन्ने बिशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका- १२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम-३२ ट्याब्लेट, त्रियुगा नगरपालिका-६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९  क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता
२०८२-०१-०८

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् । सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा बैशाख ८ गते बिहान पौने ९ बजे बेपत्ता भएका हुन् । घटनाबारेमा जानकारी पाउँनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलाशको लागी सुनसरीको इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ बने सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत खोजतलाशमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते
२०८२-०१-०८

पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका-१० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका-१० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो  ।  घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।

लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०१-०७

संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर-१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले  धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसै गरी मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०१-०७

मोरङ, सुनसरी र ताप्लेजुङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । वैशाख ६ गते बिहान मोरङको उर्लाबारी-८ स्थित भित्रि सडक खण्डमा प्रदेश १-०२-४०प ७८८१ नम्बरको स्कुटर अनियन्त्रि भई दुर्घटना हुँदा स्कुटर चालक सोही स्थानका ५० बर्षीय नर कुमार लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दिन सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थित कोशी लोकमार्गको पानीपिया जंगलमा धरानबाट इटहरी तर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०३० च ४६१८ नम्वरको कार आफै अनियन्त्रित भई रुखमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका कारमा सवार इटहरी-१ का  ४० वर्षीय बिष्णु राउतको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । यसै गरी ताप्लेजुङको फक्तालुङ-६ स्थित भित्रि सडक खण्डमा मे.१त ७७५८ नम्वरको गोलिया बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार फाक्तालुङ-६ का २६ बर्षीय भुछिरिङ शेर्पाको घटना स्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।