हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-१४
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटीएको प्रहरी टोलिले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बुलाई पक्राउ गरेको छ । लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको हो । लिम्वु सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए । पक्राउ परेका लिम्बुलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको छ ।