प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गर्न प्रदेश प्रहरी प्रमुखको निर्देशन

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिराषत कक्षको निरीक्षण गर्नुका साथै  कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिनु भएको छ ।


नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै, समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।


शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न, सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न गराउन निर्देशन दिनु भएको छ ।


आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी दुर्घटना न्युनिकरण तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिनु भएको छ ।


त्यसै गरी कुनै पनि प्रहरी आपराधिक गतिबिधि तथा  त्यस्ता प्रवितिका ब्यक्तिहरु संग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने समेत उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार
१९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०२-२९

मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ । जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो । सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न
२०८३-०२-२८

मोरङको विराटनगर स्थित विग होटलमा मनसुन जन्य विपद व्यवस्थापन सम्वन्धि प्रदेश स्तरीय सुरक्षा समन्वय समितको वैठक सम्पन्न भएको छ । जेठ २८ गते कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुलीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा मनसुन जन्य घटना र विपद व्यवस्थापन सम्बन्धि बिस्तृत छलफल भएको थियो । बैठकमा मोरङको विराटनगर महानगरपालिका-१६ र झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको होल्डिङ सेन्टरलाई संचालन गरेर लागू औषध दुर्व्यवसनीमा परेका युवा, युवतीहरुलाई उपचार केन्द्रकोरुपमा (सुधारकेन्द्र/पुनर्स्थापना केन्द्र) प्रयोग गर्नको लागी कार्यदल गठन गरी संघिय सरकार समक्ष अनुरोध गर्ने,   गत वर्ष वर्षातको कारण इलाममा क्षेति ग्रस्त भएका घरहरु पुनःनिर्माण गर्न लागत रकम स्विकृतको लागी सिफारिस गर्ने तथा विगतमा भएका मनसुनजन्य विपद्का घटनाहरुमा भएका मानवित तथा भौतिक क्षेतिको घटनाहरुको बिस्तृत अध्ययन गरी विपदको समयमा आईपर्न सक्ने समस्या र चुनौतीको विश्लेषण गरी क्षेती न्यूनीकरणको लागी बाढी, पहिरोबाट जोखिम युक्त क्षेत्रहरुको पहिचान, सुरक्षित स्थानको व्यवस्था, मनसुनजन्य विपदमा तत्काल आवश्यक उद्धार सामाग्रीहरुको व्यवस्था, विपद उद्धार सम्बन्धि तालिम प्राप्त प्रहरी कर्मचारीहरु परिचालनको व्यवस्था तथा सम्पूर्ण निकाय, सम्वन्धित सरोकारवाला संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी विपद उद्दार सामग्रीहरु सहित तयारी अवस्थामा रहने व्यवस्था मिलाउने लगायतका बिषयमा विस्तृत छलफल तथा अन्तरक्रिया भएको थियो । उक्त बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, प्रदेश स्तरीय सुरक्षा समितिका पदाधिकारीहरु तथा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०२-२७

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको  ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।