प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते

२०८०-१२-१२

  • A
  • A-
  • A+
Share

इलामको सुर्योदय नगरपालिका- १२ मलिम स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे तिनघरेबाट मलिमतर्फ जादै गरेको गरेको मे. १ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना हुँदा अटो चालक स्थानीय २२ बर्षीय अनिष  राई, ५६ बर्षीया मन कुमारी प्रधान, ४४ बर्षीया कला प्रधान र ४८ बर्षीया कमला प्रधान घाइते भएका थिए । दुर्घटना परी घाईते भएकी मन कुमारी प्रधानको उपचारको क्रममा बिर्तासिटि अस्पताल झापामा मृत्यु भएको हो भने अन्य घाईतेहरुको फिक्कल अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।