प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०७-२४

  • A
  • A-
  • A+
Share

उदयपुर र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका तिन जना फरार प्रतिवादीहरुलाई कार्तिक २३ गते प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन अभियान अन्तरगत ईलाका प्रहरी कार्यालयई रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले वन मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७५।०९।०६ गतेको फैसला आदेशले १० दिन कैद र नगद २९ हजार ३ सय ६२ रुपैँया जरिवाना रहि फरार रहेका बेलका- १ का ६० बर्षीय जय प्रकाश चौधरी र गाली बेइज्जेती मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।१२।०५ गतेको फैसलाले नगद ५ सय जरिवाना तोकिएका बेलका- १ का ५४ बर्षीय सहदेब चौधरीलाई पक्राउ गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले चोरी सम्बन्धी कसुर मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको फैसला आदेशले ५ महिना कैद र नगद ७ हजार रुपैँया जरिवाना भई फरार रहेको दुहवी- ३ का २८ बर्षीय प्रल्हाद रिषिदेवलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरको हो । पक्राउ परेका फरार प्रतिवादीहरुलाई  सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।