प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हिजो बेलुका सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु ७ जना घाईते

२०७८-०७-२१

  • A
  • A-
  • A+
Share

हिजो बेलुका मोरङ, झापा र उदयपुरमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाईते भएका छन् ।
 
हिजो बेलुका ६ बजे मोरङको केराबारी गाऊपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमानै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो भने पछाडी सवार लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
 
यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा-पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भई उपचारको लागी रंगेली अस्पताल लानै क्रममा मृत्यु भएको छ ।
 
यस्तै, हिजो बेलुका ६ बजे  उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पुर्व तर्फ जादै गरेको  स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी रहेका छन् उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
 
यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर  मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते भई उपचारको लागी B&C अस्पताल बिर्तामोड लगिएको थियो । घाईते मध्ये स्कुटी पछाडी सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाऊपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले खोज तलास भईरहेको छ ।


यस्तै हिजो राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व-पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश-१-०४-०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

सम्बन्धित समाचार
गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ
२०८२-०४-११

झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।    

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८२-०४-११

झापाको दमक नगरपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । साउन १० गते बिहान पौने ७ बजे उर्लाबारीबाट दमकतर्फ आउदै गरेको प्रदेश न.१-०१-००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका दमक नगरपालिका- ४ का ६० बर्षीय सोम बहादुर विश्वकर्माको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न ठक्कर दिने बस र चालक मकवानपुर हेटौडाका ४७ बर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेश प्रहरी भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सक्रिय,आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन ।
२०८२-०४-११

कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ । विशेष गरी खुल्ला सिमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ भने मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको  छ । प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१/०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन तथा ओसार पसारमामा  प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगर भन्सारछली तथा चोरी, तस्करी नियन्त्रण गर्न  र चोरी तस्करीमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन चेकजाँचमा कडाई, प्रविधिको प्रयोग र निग्रानी सहित सक्रियरुपमा काम गर्दै आईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-१०

उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

हार्दिक बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
२०८२-०४-०९

तालुक नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०८२ साउन ५ गतेको पत्रद्वारा जनपद समुह तर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस सूचीमा पर्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई यस कार्यालयमा रहदा बस्दा पुर्‍याउनु भएको योग्दानको उच्च प्रशंसा गर्नुका साथै थप जिम्मेवारी प्राप्त भए सगै आगामी कार्यकालको शुभकामाना व्यक्त गर्नु भएको छ । कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी निरीक्षक शेखर जंग मल्लले आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।