प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हिजो बेलुका सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु ७ जना घाईते

२०७८-०७-२१

  • A
  • A-
  • A+
Share

हिजो बेलुका मोरङ, झापा र उदयपुरमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाईते भएका छन् ।
 
हिजो बेलुका ६ बजे मोरङको केराबारी गाऊपालिका ९ बेलचौरी स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल सवार तिन जना मध्ये दुईजनाको घटनास्थलमानै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो भने पछाडी सवार लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगर ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
 
यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा-पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भई उपचारको लागी रंगेली अस्पताल लानै क्रममा मृत्यु भएको छ ।
 
यस्तै, हिजो बेलुका ६ बजे  उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पुर्व तर्फ जादै गरेको  स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पुर्व तर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी रहेका छन् उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
 
यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पुर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर  मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाईते भई उपचारको लागी B&C अस्पताल बिर्तामोड लगिएको थियो । घाईते मध्ये स्कुटी पछाडी सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सम्लग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दिबारी गाऊपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाईकल सहित फरार रहेकाले खोज तलास भईरहेको छ ।


यस्तै हिजो राती साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलिबारी स्थित पुर्व-पश्चिम राजमार्गमा पुर्व तर्फ जादै गरेको प्रदेश-१-०४-०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशा तर्फ जादै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका ४ जना घाईते भएका थिए । घाईते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाईकल चालक झापा मेचिनगर नगरपालिका ८ का २१बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबिण मेचे रहेका छन् । घाईते मध्ये अभिषेक श्रेष्ठको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाकी ३ जना घाईतेहरुको सोही अस्पतालमानै उपचार भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।