जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण
२०७९-११-०१
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनु भयो ।
साथै वहाले आम नागरिकहरुको सुरक्षार्थको निम्ति अहोरात्र खटिई अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ति निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मजबुद बनाउन समेत निर्देशन दिनु भयो ।