प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  शहिदभुमि गाउँपालिका-२ का ३६ बर्षीय टेक बहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाण्डौका ४० बर्षीय प्रकाश चन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ बर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका-३ का २५ बर्षीय सुजन लिम्बु, ईटहरी उप-महानगरपालिका-१० का १९ बर्षीय संदिप चौधरी  र बर्जु गाउँपालिका- ४ का २४ बर्षीय रोहित पौदार रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई बिराटनगर-१५ बाट ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर तथा हेमन लिम्बु र सुजन लिम्बुलाई बिराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम- ४ एम्पुल, फेनरगन- ४ एम्पुल,NITRAZEPAM-१० चक्की सहित सहित सोमबार दिउँसो पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागुऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।