प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

सुनसरीको बर्जु गाउँपालिका-३ केसलिया पुल स्थितबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । हिजो बेलुका ६ बजे प्रहरी चौकी अमडुवा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले केसलीया पुल भित्री सडक खण्डको बाटो हुँदै अवैध रुपमा भन्सार छली, चोरी, निकासी गरी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका रेडिमेट कपडा भेष्ट ३ सय ६० पिस अन्दाजि १ लाख ८ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका सामान आवश्यक कारवाहीको लागि कोशी व्यारेज भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।  

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ ।
२०८१-१२-०९

विराटनगर, चैत्र ०९ गते । सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चैत्र ०८ गते सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध  कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल- १ हजार ५० क्याप्सुल र  धरान-११ का २१ बर्षीय कमलहाङ राईलाई लागू औषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी  इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी- ४ का २१ बर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन  सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ।
२०८१-१२-०९

सुनसरी दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी-७ की ६० बर्षीया देउ कुमारी खाँ रहेकी छिन् । चैत्र ०८ गते दिउसो दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र.१-०२-००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई  पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भई  तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यू भएको हो । दुर्घटनामा संलग्न ट्रयाक्टर चालक दुहबी-७ का ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।  

प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ ।
२०८१-१२-०८

मोरङ, झापा, सुनसरी र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । चैत्र ०७ गते प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलिले झापा मेचीनगर नगरपालिका-१२ का २७ बर्षीय संजय ठटालको घरबाट ठटाल सहित अर्जुनधारा नगरपालिका-१० का २८ बर्षीय साईमन लिम्बु र १८ बर्षीय आशिस बिश्वकर्मालाई २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापा भद्रपुर नगरपालिका-३ स्थितबाट प्रहरी चौकी महेशपुरको गस्ति टोलिले  झापा कन्काई नगरपालिका-५ का २१ बर्षीय सुन्दर सिवालाई १९ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलिले उर्लाबारी-६ का २० बर्षीय ईन्द्र मगर र ३० बर्षीय भबिन्द्र दर्जीलाई ट्रामाडोल-१९४, स्पास्पेन- १९४ ट्याब्लेट सहित पक्राउ गरेको छ भने मोरङ रतुवामाइ नगरपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उर्लाबारी-३ का २१ बर्षीय उज्वल थापालाई लागुऔषध ब्राउनसुगर ७ सय ६० मिलीग्राम र NITRAZEPAM-४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसका साथै धनकुटा शहिदभुमी गाँउपालिका-१ स्थितबाट प्रहरी चौकि त्रिवेणि धनकुटाको प्रहरी टोलिले स्थानीय ३१ बर्षीय हरिन्द्र राई, ४१ बर्षीय टिकाराम राई र ३२ बर्षीय  नगेन्द्र राईलाई ब्राउनसुगर १ सय ५० मिलिग्राम सहित पक्राउ गरेको हो भने चैत्र ७ गते राती सुनसरीको इनरुवा नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ५१ किलो ४ सय ८४ ग्राम गाँजा फेला पारेको हो ।          

फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-१२-०८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरान, सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदीलाई फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार हेमराज सुवेदीले फागुन २२ गते धरान उप-महानगरपालिका-२० स्थित जंगलमा चेक जाँचको क्रममा भारी बेकेका भरियाहरु संकास्पद अववस्थामा आउदै गरेको देखी रोक्न खोज्दा भरियाहरु भारी छोडी जंगल तर्फ भाग्ने क्रममा ३ राउण्ड हवाई फायर गरी २२५ किलोग्राम लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको साथै धरानको बिभिन्न स्थानबाट लागू औषध सहित मानिसहरु पक्राउ गर्न सफल भएको, यसै गरी फरार अभियुक्त पक्राउ गर्नुका साथै शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गर्न अहम भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी हवल्दारबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको हो ।

प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ ।
२०८१-१२-०७

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ  सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका-४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी ६० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलिले सुनसरी ईटहरी उप-महानगरपालिका-४ स्थितबाट इटहरी-१० का २५ बर्षीय सविन श्रेष्ठलाई ट्रमाडोल १ सय ९० ट्यावलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू पदार्थ सहित पक्राउ परेका उनिहरुको सम्बनधमा थप अनुशन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८१-१२-०६

झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ बर्षीय अबिन्द्र लिम्बु लाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल, स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्कि सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ