बुलेरो गाडीमा आगोलागी हुँदा ४ जनाको मृत्यु २ घाईते
२०८२-०१-०८
- A
- A-
- A+
पाथिभरा मन्दिर दर्शन गर्न भक्तजन बोकेर गईरहेको बुलेरो गाडीमा आगोलागी हुदाँ ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैशाख ८ गते बिहान ५ बजे ताप्लेजुङको सदरमुकामबाट मन्दिर तर्फ जादै गरेको मे १ च ३०११ नम्बरको बुलेरो गाडी ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चौक स्थित बाटोमा बिधुतको पोलबाट चुडिएर झरेको तारमा अल्झिएर अचानक गाडीमा आगोलागी हुँदा ललितपुरको ललितपुर महानगरपालिका-१० की १६ बर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका-१५ का ७० बर्षीय विनोद पौडेल निजको ६९ वर्षीया श्रीमती सरिता पौडेल र बुलेरो चालक ताप्लेजुङको फुङलिङ नगरपालिका-१० का ४२ बर्षीय दुर्गा भट्टराईको जलेर मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलको कमाण्डमा खटिएको प्रहरीको टोलीले आगोलागीमा परेर घाईते भएकी ललितपुरको ललितपुर महानगरपालिका-१० की ४५ बर्षीया सबिना आचार्य निजको १० वर्षिय छोरा भबिमय आचार्यलाई तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ तर्फ पठाई गाडीमा लागेको आगोलागीलाई पुर्णरुपमा नियन्त्रणमा लिएको थियो । घाईते २ जनालाई थप उपचारकोलागी हेलीकप्टरद्दारा कठमाण्डौ लैजाने तयारी भईरहेको छ भने घटनास्थलमा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी गराएको छ ।