दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ
२०८१-११-२८
“अवको
युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन
२८ गते सुनसरीको इटहरी उप-महानगरपालिका-६
स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी
प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा
भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको
प्रमुख आतिथ्यतामा प्रहरी बैण्ड सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल,
पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ-संस्था, नागरिक समाज, संचारकर्मी तथा
स्थानीय वासीहरुको सहभागीतामा लागूऔषध विरुद्धका जनचेतनामुलक प्लेकार्ड सहित
प्रभातफेरी र्याली निकाली कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रममा
प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको
अभियान “FAN” लाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका
१४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले
लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउदै आजबाट सुरु भएको
लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय,
दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सवै मिलि सहकार्य र हातेमालो गरी अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न
सकिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिले FAN अभियान अन्तरगत गठन
भएका FAN
क्लवका पदाधिकारीहरुलाई FAN अभियानको
टि-सर्ट बितरण गर्नु भएको थियो । यसैगरी
लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन तथा
जनचेतना अभिबृद्धि गर्ने कार्यमा सकृय रहेका FAN लगायत बिभिन्न बिद्यालय तथा संघ संथामा आवद्ध महानुभावहरुलाई
प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो भने
अभियानका परिकल्पनाकार तथा २०७४ साल जेष्ठ ७ गते तत्कालीन जिल्ला प्रहरी
प्रमुख हुँदा सुनसरी जिल्लाबाट सुरुवात भएको लागूऔषध दुर्व्यसन विरुद्धको FAN अभियानलाई
यसै कार्यक्रम मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भईरहेको सुखद अवसरमा
परिकल्पनाकार हाल कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन
अधिकारीलाई वहाँको अतुलनिय सकृयताको उच्च सम्मान गर्दै FAN
जिल्ला कार्य सम्पादन समितिको तर्फबाट प्रदान गरिएको सम्मान पत्र प्रदान गर्नु
भएको थियो ।
कार्यक्रममा
FAN
का परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन
अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको
सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च
जोखिम रहेको बताउनु हुँदै अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ
गर्दै सबै एक जुट भई अगाडि बढ्न आह्वान
गर्नु भएको थियो ।
कार्यक्रममा
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले धन्यवाद
ज्ञापन गर्नु हुदै यो कार्यक्रमलाई यतिमै सिमित नराखी आगामी आर्थिक बर्षमा थप बजेट
तथा नीति कार्यक्रमका साथ लागूऔषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक
कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा
इटहरी उप-महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालिन सुनसरी जिल्लाका सहायक
प्रमुख जिल्ला अधिकारी FAN का पुर्व संरक्षक ध्रुव बहादुर खडका, FAN
जिल्ला कार्य समिति सुनसरीकी बिमला ढकाल, लागूऔषध दुर्व्यसन विरुद्ध सक्रिय मनोज
सुवेदी, FAN CLUB का पुर्व बिद्यार्थी रंजु दाहालले आ-आफ्नो
मन्तव्य राख्नु भएको थियो ।
उक्त
कार्यक्रममा प्रहरी कर्मचारीहरुले “जागौं सबै जागौं, लागौं सवै लागौं दुर्व्यवसनको
विरुद्धमा” भन्ने गितको बोलमा लागू औषध दुर्व्यसन विरुद्ध सचेतनामुलक नृत्य
प्रस्तुत गरेका थिए ।
कार्यक्रममा
कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, माननीय पर्यटन तथा वन
मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवहरु,
प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु,
बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा
प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा
प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक
एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।