प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आसरा सुधार केन्द्र पानवारी धरानमा लागू औषध बिरुद्द विविध कार्यक्रम

२०८३-०३-१२

  • A
  • A-
  • A+
Share

आसरा सुधार केन्द्र पानवारी धरानले “लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्द अन्तराष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । “लागू औषधको चुनौती चिनौः सामाजिक समाधानको बाटो खोजौ” भन्ने नारा सहित असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको सभाहलमा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष एंव आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आथित्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा उपचाररत सदस्यहरुले लागू औषध दुर्व्यसनको बिरुद्धमा नृत्य, गायन, कविता बाचन लगायत विविध बिधामा आ-आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए । कार्यक्रम प्रमुख अतिथिले बिभिन्न सांस्कृतिक कार्यक्रम तथा कविता वाचनमा सहभागी उपचारत सदस्यहरुलाई उनिहरुले प्रदर्शन गरेको कलाको  उच्च सम्मान गर्नुका साथै उत्कृष्ट हुने सदस्यहरुलाई पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्नु हुदै उपचाररत सदस्यहरुले पुनरस्थापना पश्चात नयाँ आशा र विश्वासका साथ परिवार र समाजको खुशीमा रमाउन दृढताका साथ अगाडि बढ्न अनुरोध गर्नु हुदै शुभकामना सहितको मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख एवं आसरा सुधार केन्द्रका संरक्षक प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेश प्रहरी लागू औषध मुक्त समाज निर्माण गर्ने उद्धेश्यका साथ सवैको सहकार्यमा लागू औषध विरुद्धको महाअभियान कार्यक्रम संचालन गरी अगाडि वढिरहेको बताउनु हुदै आसरा सुधार केन्द्रले दुर्व्यसन मुक्ति तथा पुनःस्थापनाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसरा सुधार केन्द्र पानवारीका संचालक समितिका सदस्य सरोज श्रेष्ठ, आसरा सुधार केन्द्र पानवारी धरान सुनसरीका संचालक समितिका प्रथम उपाध्यक्ष शिला बज्राचार्य केन्द्रले आसरा सुधार केन्द्रको गतिविधि, भावी योजना तथा आ- आफ्नो धारणा सहितको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, आसरा सुधार केन्द्र पानवारी धरानका संचालक समितिका सदस्यहरु, पत्रकार, परामर्श दाताहरु लगायत केन्द्रमा कार्यारत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।